७–१० फागुन २०७७ मै हुने भएको छ। महाधिवेशनको मितिका विषयमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला पक्ष असन्तुष्ट थियो। तर, आजको छलफलपछि उनीहरू सहमतिमा आएका छन्।

तल्ला तहको अधिवेशन मिति भने केही हेरफेर गर्ने नेताहरूबीच सहमति भएको छ। तल्ला तहको महाधिवेशन कहिले गर्ने भन्ने विषयमा भोलि, ११ माघमा छलफल गरी टुंगो लगाउने उनीहरूबीच सहमति जुटेको छ।

नेताहरुबीच देउवाको प्रस्तावमा बढाइएका विभागहरूका विषयमा पनि सहमति जुटेको उपसभापति विमलेन्द्र निधीले जानकारी दिए।

११ पुसमा केन्द्रीय समिति बैठकले बहुमतका आधारमा गरेको निर्णय अनुसार कांग्रेसभित्र ४७ वटा विभाग राख्ने निर्णय यथावत रहनेछ। आज नै नेताहरूबीच नेविसंघ र तरुण दलको नेतृत्वको विषयमा पनि सहमति जुटेको छ ।

कांग्रेस उपसभापति निधिका अनुसार नेपाल विद्यार्थी संघको अध्यक्षमा देउवाले तोकेकै व्यक्ति हुने सहमति जुटेको हो। नेविसंघको कार्यसमितिमा कांग्रेस वरिष्ठ नेता पौडेल र सिटौला पक्षका नेताहरूको समेत प्रतिनिधित्व हुनेछ।

त्यसैगरी, तरुण दलको म्याद ६ महीना थप गर्ने निर्णय भएको निधीले जनाए। जीतजंग बस्नेत नेतृत्वको तरुण र नैनसिंह महर नेतृत्वको नेविसंघ कार्यकाल सकिएपछि नेतृत्वविहीन भएका थिए। महर र बस्नेत दुबै देउवानिकट हुन्।

शीर्ष नेताहरूबीच भएको सहमतिलाई अन्तिम रूप दिन १३ माघमा केन्द्रीय कार्यसमिति बैठक बोलाइएको कांग्रेस उपसभापति निधीले बताए।

" /> ७–१० फागुन २०७७ मै हुने भएको छ। महाधिवेशनको मितिका विषयमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला पक्ष असन्तुष्ट थियो। तर, आजको छलफलपछि उनीहरू सहमतिमा आएका छन्।

तल्ला तहको अधिवेशन मिति भने केही हेरफेर गर्ने नेताहरूबीच सहमति भएको छ। तल्ला तहको महाधिवेशन कहिले गर्ने भन्ने विषयमा भोलि, ११ माघमा छलफल गरी टुंगो लगाउने उनीहरूबीच सहमति जुटेको छ।

नेताहरुबीच देउवाको प्रस्तावमा बढाइएका विभागहरूका विषयमा पनि सहमति जुटेको उपसभापति विमलेन्द्र निधीले जानकारी दिए।

११ पुसमा केन्द्रीय समिति बैठकले बहुमतका आधारमा गरेको निर्णय अनुसार कांग्रेसभित्र ४७ वटा विभाग राख्ने निर्णय यथावत रहनेछ। आज नै नेताहरूबीच नेविसंघ र तरुण दलको नेतृत्वको विषयमा पनि सहमति जुटेको छ ।

कांग्रेस उपसभापति निधिका अनुसार नेपाल विद्यार्थी संघको अध्यक्षमा देउवाले तोकेकै व्यक्ति हुने सहमति जुटेको हो। नेविसंघको कार्यसमितिमा कांग्रेस वरिष्ठ नेता पौडेल र सिटौला पक्षका नेताहरूको समेत प्रतिनिधित्व हुनेछ।

त्यसैगरी, तरुण दलको म्याद ६ महीना थप गर्ने निर्णय भएको निधीले जनाए। जीतजंग बस्नेत नेतृत्वको तरुण र नैनसिंह महर नेतृत्वको नेविसंघ कार्यकाल सकिएपछि नेतृत्वविहीन भएका थिए। महर र बस्नेत दुबै देउवानिकट हुन्।

शीर्ष नेताहरूबीच भएको सहमतिलाई अन्तिम रूप दिन १३ माघमा केन्द्रीय कार्यसमिति बैठक बोलाइएको कांग्रेस उपसभापति निधीले बताए।

"> मिल्यो कांग्रेसको विवाद, नेविसंघ र तरुण दलमा देउवा पक्षकै नेतृत्व: Dekhapadhi
मिल्यो कांग्रेसको विवाद, नेविसंघ र तरुण दलमा देउवा पक्षकै नेतृत्व
काठमाडौं। नेपाली कांग्रेसभित्र देखिएको विवाद समाधान भएको छ।

आज कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा शीर्ष नेताहरूबीच भएको छलफलपछि सहमति जुटेको हो।

समहतिअनुसार कांग्रेसको महाधिवेशन यसअघि केन्द्रीय समितिले तोकेकै मिति ७–१० फागुन २०७७ मै हुने भएको छ। महाधिवेशनको मितिका विषयमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला पक्ष असन्तुष्ट थियो। तर, आजको छलफलपछि उनीहरू सहमतिमा आएका छन्।

तल्ला तहको अधिवेशन मिति भने केही हेरफेर गर्ने नेताहरूबीच सहमति भएको छ। तल्ला तहको महाधिवेशन कहिले गर्ने भन्ने विषयमा भोलि, ११ माघमा छलफल गरी टुंगो लगाउने उनीहरूबीच सहमति जुटेको छ।

नेताहरुबीच देउवाको प्रस्तावमा बढाइएका विभागहरूका विषयमा पनि सहमति जुटेको उपसभापति विमलेन्द्र निधीले जानकारी दिए।

११ पुसमा केन्द्रीय समिति बैठकले बहुमतका आधारमा गरेको निर्णय अनुसार कांग्रेसभित्र ४७ वटा विभाग राख्ने निर्णय यथावत रहनेछ। आज नै नेताहरूबीच नेविसंघ र तरुण दलको नेतृत्वको विषयमा पनि सहमति जुटेको छ ।

कांग्रेस उपसभापति निधिका अनुसार नेपाल विद्यार्थी संघको अध्यक्षमा देउवाले तोकेकै व्यक्ति हुने सहमति जुटेको हो। नेविसंघको कार्यसमितिमा कांग्रेस वरिष्ठ नेता पौडेल र सिटौला पक्षका नेताहरूको समेत प्रतिनिधित्व हुनेछ।

त्यसैगरी, तरुण दलको म्याद ६ महीना थप गर्ने निर्णय भएको निधीले जनाए। जीतजंग बस्नेत नेतृत्वको तरुण र नैनसिंह महर नेतृत्वको नेविसंघ कार्यकाल सकिएपछि नेतृत्वविहीन भएका थिए। महर र बस्नेत दुबै देउवानिकट हुन्।

शीर्ष नेताहरूबीच भएको सहमतिलाई अन्तिम रूप दिन १३ माघमा केन्द्रीय कार्यसमिति बैठक बोलाइएको कांग्रेस उपसभापति निधीले बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्