गृहमन्त्रीलाई प्रश्न: तपाईं नेपाली हो कि भारतीय? सत्ता गठबन्धनमा आबद्ध नेकपा (एकीकृत समाजवादी) पार्टीको विद्यार्थी सङ्गठन अनेरास्ववियूले गृहमन्त्री बालकृष्ण खाँणको पुत्ला जलाएको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएकोमा गृह मन्त्रालयले कारबाही गर्ने चेतावनी दिएपछि आक्रोशित अनेरास्ववियूले आइतबार गृहमन्त्रीको पुत्ला जलाएका हुन्। दार्चुला घटना र भारतीय हस्तक्षेपप्रति मौन सरकार मोदीको पुत्ला जलाउँदा चाँही कारवाहीको दायरामा ल्याउने चेतावनी दिएको भन्दै अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले आक्रोश पोखे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्