कसले राख्यो बानेश्वरमा बम !
काठमाडौं। मध्यबानेश्वरको मातृका आँखा उपचार केन्द्रको तेस्रो तल्लामा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ। अपरिचित व्यक्तिले फोन गरी बम राखेको सूचना दिएपछि त्रास छाएको थियो । लगत्तै नेपाली सेनाको टोलीले उक्त शंकास्पद वस्तु निष्क्रिय पारेको हो। अहिलेसम्म सो शंकास्पद वस्तु कसले, किन राखेको भन्ने खुलेको छैन।
प्रतिक्रिया दिनुहोस्