काठमाडौ। गुड मर्निङ ! माघको चिसो बिहान। आज शनिबार। बिदाको दिन। के गर्दै हुनुहुन्छ ? चिया पिउँदै ? कफी बनाउँदै ? ए, पत्रिका पल्टाउँदै ?

जहाँ जसरी जे गर्दै भए पनि एकपटक दायाँबायाँ आँखा डुलाउनोस् त ! तपाईंको वरिपरि नेपाली ब्रान्डका सामान कति छन् ?

तपाईंले पिइरहेको चिया कहाँको होला ? तपाईंले समाइरहेको कप ? तपाईं बसिरहेको सोफा ? अगाडिको टेलिभिजन ?

साह्रै कममात्रै है ? होस्, तपाईंले सम्झिने नेपाली ब्राण्डको नाम लिन सक्नुहुन्छ।

यो पनि गाह्रो नै छ है ?

हामीमध्ये धेरैले नेपाली ब्राण्ड निकै कम प्रयोग गर्छौं। प्रयोग गरे पनि नाम खासै सम्झना रहन्न। होस पनि कसरी ? नेपाली बजारमा नेपाली ब्राण्डका सामग्रीहरू नै धेरै पाइँदैन। न त नेपालमै उत्पादित नेपाली ब्राण्ड बेच्ने छुट्टै सुपरस्टोर छ नेपालमा। फेरि नेपाली ब्राण्डका वस्तुहरू मात्र बेच्ने कुनै स्टोर पनि छैन।

त्यसो भए के नेपालमा त्यति धेरै नेपाली ब्राण्डको उत्पादन हुँदैन ? कि थोरै मात्रामा उत्पादन हुने गरेका छन् ? होइन, नेपालको पनि आफ्नै ब्राण्ड छन्।

उदाहरणका लागि वाईवाई चाउचाउलाई लिउँ। विश्व बजारमा वाईवाई नेपालको स्थापित ‘ब्राण्ड’ भइसकेको छ। अचेल मानिसहरू नुडल्स होइन, वाईवाई खान थालेका छन्। त्यस्तै अनेकन् मोडलका जुत्ता लिएर आएको गोल्डस्टार साँच्चै नै एक कदम अघि बढेर भारतमा समेत बजार विस्तार गर्दैछ।

तर, हामीले खोजेर पनि पाइँदैन नेपाली ब्राण्ड। नेपालमै उत्पादित सामानहरूको प्रयोग गर्ने रहर हुँदाहुँदै पनि कहाँ पाइन्छ भन्ने थाहा नभएका कारण प्रयोग गर्न पाइएको छैन।

अर्कोतर्फ, नेपाली ब्रान्डको बजार प्रवर्द्धन बलियो नहुँदा उत्पादन गर्ने रहर, सीप र जाँगर भएकाहरू पनि अलमलमा छन्। उत्पादन गरेपछि बेच्ने ठाउँको अभाव, किन्ने मान्छेको अभाव र प्रचारप्रसारको अभावले कतिपयले सीप र चाहना हुँदाहुँदै पनि नेपाली सामान उत्पादन गर्न हिचकिचाउने गरेका छन्।

यस्तो शुष्क वातावरण चिरेर आशाका किरण छर्ने प्रयत्न गरेका छन् दुई युवा बिनम शाक्य र सचिन श्रेष्ठले। नेपाली ब्राण्डको बजार प्रवर्द्धनका लागि उनीहरूले नेपालमा उत्पादित सामग्री बेच्ने स्टोर शुरु गरेका छन्।

२०४६ सालमा जन्मिएका यी दुई युवाले खोलेको ‘द लोकल प्राजेक्ट नेपाल’ले नेपालमा उत्पादन गरिएका तर नाम नचलेका ब्राण्डका सामग्री बेच्ने गर्छ। उक्त स्टोरको काम नेपालमै बनेका सामान बेच्ने मात्रै हैन त्यसको प्रचार प्रसार गर्ने पनि हो।

व्यापारिक घरानाका यी दुई युुवालाई परिवारले यस्तो बन्नुपर्छ भन्ने दबाब कहिल्यै दिएन। बरू आफूले चाहेको र सोचेको काम गर्न छुट दियो तर सफल हुने शर्तमा।

सानैदेखि आफ्नो छुट्टै व्यवसाय गर्ने सोच बनाएका उनीहरूको भेट एस इन्टिच्यूट अफ म्यानेजमेन्टमा प्लस टू पढ्दै गर्दा भयो। दुवैले सँगै स्नातकोत्तर गरे।

स्नातकोत्तर गर्दैगर्दा केही गर्ने सोच बनाइसकेका थिए उनीहरूले। स्नातकोत्तर सकेपछि बिनम शाक्य थप शिक्षा लिन अष्ट्रेलियाको सिड्नीमा रहेको वोलङगङ विश्वविद्यालयतर्फ हानिए।

एक वर्षे कोर्षका लागि सिड्नी हानिएका शाक्यको कोर्ष सकिनै दुई वर्ष लाग्यो। थप एक वर्ष बेकरी सपको रोजगारीको सिलसिलामा सिड्नी बसे र सन् २०१७ मा नेपाल फर्किए।

नेपालमै बसेका सचिन श्रेष्ठ भने एउटा गार्मेन्ट उत्पादक कम्पनीमा म्यानेजर बनेर काम गर्दै थिए। उनीसँग केही वर्ष पढाएको अनुभव पनि थियो।

बिनम नेपाल फर्केपछि यी दुईले सहकार्यमा नयाँ व्यवसाय शुरू गर्ने अठोट गरे।

“ब्याचलर पढ्दाका साथी बिनमसँग तीन वर्षपछि भेट भयो र आफ्नै केही व्यवसाय सञ्चालन गर्ने योजना बन्यो”, श्रेष्ठले भने।

उनीहरूको अठोटलाई साथ दिए अरू साथीहरूले। इभोक क्याफे एण्ड बिस्ट्रोका साथीहरूले एउटा अवसर दिए, झम्सिखेलमा रहेको कफी सपको परिसरमा स्टोर सञ्चालनका लागि ठाउँ दिने। अनि शुरू भयो आफ्नै व्यवसाय गर्ने चाहनालाई मलजल गर्ने काम।

“व्यवसायका लागि ठाउँ पाएपछि दुईजना बसेर कस्तो व्यवसाय सञ्चालन गर्ने भन्ने छलफल भयो”, शाक्य भन्छन्, “त्यसपछि नेपाली ब्राण्डको प्रोत्साहन गर्ने योजना बन्यो।”

श्रेष्ठले नेपालमै बसेर अनुभव बटुलेकाले त्यसमा थप सहज भयो। अनि उनीहरू नामको खोजीमा लागे। झण्डै एक महीनाको लगातार मिहिनेतपछि एउटा नाम जुर्‍यो– ‘द लोकल प्रोजेक्ट नेपाल’।

यो नाम यत्तिकै जुटेको नाम भने होइन। तीन पाना लामो नामबाट छानेर बनेको नाम हो। त्यसमा पनि श्रेष्ठले ‘द लोकल’ नाममा शाक्यले ‘प्रोजेक्ट’ थपे र श्रेष्ठकी गर्लफ्रेन्डले नेपाल थप्न सुझाव दिइन्। र, पो नाम ‘द लोकल प्रोजेक्ट नेपाल’ तयार भयो।

नाम र व्यवसायको योजना त बन्यो। तर, स्टोरमा राख्ने नेपाली ब्राण्ड थिएन। त्यसका लागि थप छलफल भयो र छानिएका ब्राण्डहरूलाई इमेल र चिठ्ठीमार्फत् आफ्नो स्टोरमा सामान राख्न प्रपोजल पठाइयो।

२०१७ देखि झम्सिखेलबाट सञ्चालन गरिएको स्टोरमा शुरूमा सातवटा ब्राण्ड आए। विस्तारै अरू ब्राण्ड थप्दै जाने योजनासहित काम अगाडि बढ्यो र सँगसँगै ठमेल र दरबारमार्गमा बेच्न राखिएका सामान उक्त स्टोरमा नराख्ने निर्णय पनि।

त्यसपछि २०१८ को अन्त्यतिर लाजिम्पाटको ‘ले शेर्पा’ क्याफेको छेउमा अर्को स्टोर खोलियो। हाल यी दुईवटा स्टोरबाट नेपाली उत्पादन बेचिरहेका उनीहरूले भविष्यमा नेपालका सबै ठाउँमा यसको शाखा खोल्ने योजना सुनाए।

‘द लोकल प्रोजेक्ट नेपाल’मा नेपाली बजारमा संघर्ष गरिहेका तर वातावरणलाई असर नगर्ने ब्राण्ड मात्र राखिने श्रेष्ठ बताउँछन्। राष्ट्रियस्तरमा नाम चलेका भन्दा फरक ब्राण्डलाई स्थान दिने उनीहरूको उद्देश्य छ।

“त्यसैले यस स्टोरमा तपाईंहरूले नाम सुनेकाभन्दा नसुनेका नेपाली ब्राण्ड बढी पाउनुहुन्छ”, शाक्य भन्छन्।

आफूहरूले बनाएको योजना सफल हुँदै गएमा र आफ्नो व्यावसायिक योजना सबैले मन पराइदिए यही नामको स्टोरलाई विदेशसम्म फैलाउने योजना छ उनीहरूमा।

कस्ता ब्राण्ड छन् स्टोरमा ?

‘द लोकल प्रोजेक्ट नेपाल’मा लत्ताकपडा, घर सजावटका सामान, जुत्ता, किताब, नेपाली कागजबाट बनेका डायरी लगायतका सामान पाइन्छ। यस्तै गरगहना, झोला, विभिन्न सजावटका सामानहरू पाइन्छ।

अहिले स्टोरमा झण्डै ४५ ओटा नेपाली ब्राण्ड छन्। त्यति नै संख्याका व्यवसायीहरू संलग्न छन् यसमा।

व्यवसायी/उत्पादकहरूले उत्पादन गरेर ल्याएको वस्तु स्टोरमा राखिन्छ र त्यो बेच्न लोकल प्रोजेक्ट नेपालले आफ्नै स्टाफ छुट्याउँछ।

स्टोरमा ल्याएर राखेपछि निश्चित पैसा तिर्नुबाहेक अन्य काम उत्पादकहरूले गर्नु पर्दैन। तर, बाहिर आफ्नै तरिकाबाट प्रचारप्रसार गर्न र बेच्न भने उनीहरू स्वतन्त्र हुन्छन्।

हाल स्टोरमा छोरी, द ह्वाइट याक, आमो ज्वेलरी, कला काठमाडौं, यात्री सप्लाई, वाइल्ड अर्थ, मेटल उड, हात्ती हात्ती ब्राण्ड राखिएको छ। यस्तै, ने नेपाल, दिनादी, कोल्पा, पीया, जीसी ह्याण्डमेड, जीभानस र तोचा जस्ता सामान पाइन्छ।

यीसहित ४५ प्रकारका नेपाली ब्राण्ड द लोकल प्रोजेक्ट नेपालमा पाउन सकिन्छ।

राखिएकामध्ये वाइल्ड अर्थले प्राकृतिक ब्यूटी उत्पादन बनाउँछ भने छोरी ब्राण्ड बेचबिखनमा परेर उद्धार गरिएका महिलाहरूले बनाएका कपडाको नाम हो। यसमा प्रयोग गरिएको साडीलाई पुन प्रयोग गरेर लाउन योग्य कपडा बनाइन्छ।

यस्तै ने नेपालले घर सजावटका सामान, दीनादीले घरमा बसेर हातैले बनाइने कपडा, कोल्पाले राउटेहरूले प्रयोग गर्ने थाल, अल्लोले बनेका कपडा र घर सजावटका सामान, जीसी ह्याण्डमेडले परम्परागत शैलीका मेसिनबाट कपडा बनाउने काम गर्छ।

" /> काठमाडौ। गुड मर्निङ ! माघको चिसो बिहान। आज शनिबार। बिदाको दिन। के गर्दै हुनुहुन्छ ? चिया पिउँदै ? कफी बनाउँदै ? ए, पत्रिका पल्टाउँदै ?

"> नेपाली ब्राण्डको बजार बनाउँदै दुई युवा (भिडिओसहित): Dekhapadhi
नेपाली ब्राण्डको बजार बनाउँदै दुई युवा (भिडिओसहित)

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्