‘राष्ट्रघाती एमसीसी सम्झौता अघि बढाइए प्रतिकार गछौं’
काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विरोधमा विप्लव नेतृत्वको नेकपाले काठमाडौंमा प्रदर्शन गरेको छ । कार्यक्रममा नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले एमसीसी सम्झौता नेपालको स्वाधीनता र सार्वभौमिकताको विरोधमा रहेको बताए। कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, नेकपा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य सीपी गजुरेल, नेकपा माले अध्यक्ष सीपी मैनालीलगायतले एमसीसीको विरोध गरेका थिए।
प्रतिक्रिया दिनुहोस्