केही समय सरकारले खर्च गर्ने अवस्था नहुनसक्छ:अर्थमन्त्री शर्मा
काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले नियमित प्रक्रियाबाटै बजेट पारित गरेर अघि बढ्ने बताएका छन्। अघिल्लो सरकारले ल्याएको बजेट अध्यादेश प्रतिस्थापन विधेयकमार्फत् पारित नभएपछि सरकार बुधवारदेखि खर्च गर्न नसक्ने अवस्थामा पुगेको छ। प्रतिस्थापन विधेयक भदौ ३० गतेसम्म पारित नभएपछि स्वतः निष्क्रिय हुनेछ। मंगलबारको प्रतिनिधिसभा बैठक स्थगित भएपछि पत्रकारसँग कुरा गर्दै अर्थमन्त्री शर्माले केही समय खर्च गर्ने नसक्ने अवस्था आउन सक्ने बताए।
प्रतिक्रिया दिनुहोस्