माधवकुमार नेपालले लिएको बाटो सही छैन : अष्टलक्ष्मी शाक्य
काठमाडौं। नेकपा एमालेकी उपाध्यक्ष एवं बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले तीन महिना हुँदापनि पार्टी भित्र संगठन अस्तव्यस्त र अराजकतामा फसेको बताएकी छन्। नेकपा एमाले काठमाडौंले बिहीबार गरेको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै शाक्यले पार्टी विभाजनबाट कसैको हित नहुने बताइन्। सुदृढ एमाले बनाउन मन फराकिलो बनाउनुपर्नेमा उनको जोड थियो।
प्रतिक्रिया दिनुहोस्