हेर्नैपर्ने आजका १२ प्रमुख खबर
काठमाडौं। नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाले सत्तारुढ गठबन्धनलाई निर्वाचनसम्मै कायम राख्ने बताएका छन्। कानूनमन्त्री ज्ञानेन्द्रबहादुर काकीले एमसीसी विकास परियोजना भएकाले संसदबाट जसरी पनि पास गर्नुपर्ने बताएका छन्। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशलाई मध्यावधिमा धकेल्न एमालेले राज्यका निकायमाथि आक्रमण थालेको आरोप लगाएका छन्। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको ११ औं केन्द्रीय कमिटी बैठक बन्दीपुरमा शुरु भएको छ।
प्रतिक्रिया दिनुहोस्