जाग्दै एमाले
काठमाडौं। नेकपा एमालेले देशभर कार्यकर्ता भेलालाई तिब्रता दिएको छ। बिहीबारसम्ममा ५७ जिल्लामा कार्यक्रम सम्पन्न भइसकेका छन्। असोज पहिलो साताभित्र ७७ जिल्लामै कार्यकर्ता भेला गरिसक्ने एमालेको योजना छ । जिल्ला तहका कार्यकर्तामार्फत् यो अभियानलाई वडा तहमै पुर्याउने एमालेले जनाएको छ। भेलामा पार्टी विभाजनबारे जानकारी दिने, जनताका समस्यामा संलग्न हुने, र विपक्षीदलका कर्तुत भण्डाफोर गर्ने काम भइराखेका एमालेले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्