राष्ट्रिय हितलाई केन्द्रमा राखेर परराष्ट्र सम्बध अघि बढ्छ : परराष्ट्रमन्त्री खड्का काठमाडौं। नवनियुक्त परराष्ट्रमन्त्री डा.नारायण खड्काले राष्ट्रिय हितलाई केन्द्रमा राखेर परराष्ट्र सम्बन्ध अगाडि बढाउने बताएका छन्। आफ्नो कार्यकालमा भारत र चीनसँगको सम्बन्ध सन्तुलित हुने उनको भनाइ छ। बुधबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेर पदभार ग्रहण गरेका परराष्ट्रमन्त्री खड्काले सञ्चारकर्मीहरुसँग कुरा गर्दै राष्ट्रिय सहमतिलाई समेत ध्यानमा राखेर अहिलेको जल्दाबल्दा समस्याका साथै भावी दिनमा आउन सक्ने समस्याबारे आफ्नो सम्पूर्ण ध्यान केन्द्रित हुने बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्