महाधिवेशन तोकिएकै मितीमा हुन्छ : विश्वप्रकाश शर्मा
नेपाली काँँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले निर्धारित समयमै पार्टीको पालिका स्तरीय अधिवेशन हुने र त्यसलाई सफलतापूर्वक सम्पन्न गराउने बताएका छन्। संसदीय बैठकले बाँकि रहेका १३ जिल्लाको क्रियाशील सदस्यता सम्बन्धि विवाद तत्काल समाधान गर्ने निर्णय गरेको छ।प्रवक्ता शर्माकाअनुसार पार्टीको महाधिवेशनका लागिआवश्यक संगठनात्मक प्रतिवेदन,राजनीतिक प्रतिवेदन,आर्थिक प्रतिवेदन तथा महाधिवेशनको प्रचारका लागि आवश्यक निर्णय लिन छिट्टै केन्द्रिय समितिको बैठक बोलाउने निर्णय गरेको उनको भनाई छ।
प्रतिक्रिया दिनुहोस्