अवसर पाएर पनि काम नगर्ने विरुद्ध मेरो उम्मेदवारी : सिंह काठमाडौं। नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। पार्टीमा आमूल परिवर्तन ल्याउनका लागि उम्मेदवारी घोषणा गरेको उनले बताए। काँग्रेस काठमाडौं महानगरपालिका वडा नम्बर १७ ले शनिबार आयोजना गरेको एक कार्यक्रममा उम्मेदवारी दिने औपचारिक घोषणा गर्दै उनले सिंगो पार्टी पंक्तिलाई संस्थागत ढंगले अघि बढाउने प्रतिबद्धता जनाए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्