काठमाडौं । काठमाडौं उपत्यकामा प्रस्तावित चारवटा ‘स्मार्ट सिटी’ को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ।

उपत्यकाका तीन जिल्लामध्ये भक्तपुरमा प्रस्तावित स्मार्ट सिटी ‘काठमाडौं इशान’ र ‘काठमाडौं आग्नेय’, ललितपुरमा प्रस्तावित स्मार्ट सिटी ‘काठमाडौं नैऋत्य’, काठमाडौंको उत्तरी क्षेत्रमा प्रस्ताव गरिएको स्मार्ट सिटी ‘काठमाडौं उत्तर’को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको हो ।

काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख भाइकाजी तिवारीले प्रस्तावित चारवटै स्मार्ट सिटीको ‘डीपीआर’ भइसकेको जानकारी दिए।

‘‘अब ‘डीपीआर’लाई सहरी विकास मन्त्रीको अध्यक्षतामा रहेको भौतिक विकास समितिमा पेस गरिनेछ, त्यहाँबाट अनुमोदन भइसकेपछि डीपीआर पुनः सहरी मन्त्रालयमा आउँछ र अन्तिम स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेस गरिनेछ’’, तिवारीले भने। मन्त्रिपरिषद्को स्वीकृतिपछि राजपत्रमा सूचना प्रकाशित गरी जग्गा अधिग्रहणको काम सुरु हुने र आयोजना तीव्र गतिमा अगाडि बढ्ने पनि उनले बताए।

प्राधिकरण प्रमुख तिवारीले मन्त्रिपरिषद्को स्वीकृति भएमा चालू आर्थिक वर्ष भित्रमा नै यस आयोजनाका लागि आर्थिक स्रोतको सुनिश्चित गर्ने बताए। सरकारले जमानी बसेको अवस्थामा यो स्मार्ट सिटी निर्माण गर्न चिनियाँ, कोरियन र अमेरिकन कम्पनी लगानी गर्न तयार रहेको उनले जानकारी दिए।

भक्तपुरको नगरकोटदेखि मूलपानीसम्म (पूर्व–उत्तर) ‘काठमाडौं इशान’ स्मार्ट सिटी निर्माण गर्ने प्रस्ताव गरिएको छ। त्यसैगरी भक्तपुरकै बालकोटदेखि सूर्यविनायक मन्दिरसम्म (पूर्व–दक्षिण) ‘काठमाडौं आग्नेय’, ललितपुरको सिमालखालदेखि खहरे खोलासम्म (दक्षिण–पश्चिम) ‘काठमाडौं नैऋत्य’ र काठमाडौंको साँखु क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ‘काठमाडौँ उत्तर’ स्मार्ट सिटी निर्माण गरिने प्रस्ताव गरिएको समाचार आजको गोरखापत्र दैनिकमा छ।

" /> काठमाडौं । काठमाडौं उपत्यकामा प्रस्तावित चारवटा ‘स्मार्ट सिटी’ को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ।

"> चार स्मार्ट सिटीको डीपीआर तयार: Dekhapadhi
चार स्मार्ट सिटीको डीपीआर तयार

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्