मन्त्रिमण्डल विस्तार, कानुनी जटिलता समाधान गरेपछि मात्र : माओवादी
काठमाडौं। नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले केही दिनमै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन्। सत्तारुढ गठबन्धनमा सहमति र कानूनी जटिलता समाधान हुनसाथ सरकारले पूर्णता पाउने उनको भनाइ छ। 'अध्यादेश, संसद र अदालतसँग जोडिएका कानूनी जटिलता समाधान भएपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुन्छ।' गुरुङले भने ।
प्रतिक्रिया दिनुहोस्