अर्थमन्त्रीज्यू, कालोधनलाई दिनदहाडै सेतो पार्ने कुरा कहाँको क्रान्तिकारिता हो ? काठमाडौं। प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद परशुराम मेघी गुरुङले बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमा कालो धनलाई सेतो बनाउने प्रावधान राखेको भन्दै अर्थमन्त्रीको विरोध गरेका छन्। सोमबार राष्ट्रिय सभामा बोल्दै गुरुङले प्रतिस्थापन विधेयकको धारा ५९ मा चिकित्सक, कलाकार, पत्रकार, खेलाडी, सेवा प्रदायकले पछिल्लो तीन वर्षको आयकर फागुनभित्र बुझाउँदा तीन वर्ष अगाडिको कर मिनाहा हुने आपत्तिजनक प्रावधान राखेको भन्दै विरोध गरेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्