एक/दुई दिनभित्रै सरकारले पूर्णता पाउँछ : रमेश लेखक
काठमाडौं। नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रमेश लेखकले अबको एक–दुई दिनभित्रै सरकारले पूर्णता पाउने दावी गरेका छन् । सोमबार काठमाडौमा भएको एक साक्षात्कारमा बोल्दै नेता लेखकले सरकारमा गठबन्धनको सहभागिता रहेकोले केही राजनीतिक र वैधानिक समस्या समाधान गर्नुपर्ने भएकोले सरकार विस्तारमा ढिलाई भएको स्पष्ट पारे। अब एक–दुई दिनभित्रै सरकारले पूर्णता पाइसक्ने उनको दावी छ।
प्रतिक्रिया दिनुहोस्