केवल टेलिभिजन व्यवसायीहरुको माग सम्बोधन हुन्छः ऊर्जामन्त्री काठमाडौं। ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले केवल टेलिभिजन व्यवसायीहरुको माग सम्बोधन गर्ने प्रतिवद्धता जनाएकी छिन्। बुधबार केवल टेलिभिजन व्यवसायी महासंघको भेलालाई सम्बोधन गर्दै भुसालले केवल टेलिभिजन व्यवसायीहरुको मागलाई सम्बोधन गर्ने बताएकी हुन्। उनले सञ्चारलाई गाउँ–गाउँमा पुर्याउनु पर्ने काम निजी क्षेत्रले पनि गरिरहेको उल्लेख गरिन्। भुसालले पेशागत जीवनमा परेका समस्या र चुनौतीहरूलाई सरकारले सकारात्मक ढंगले ग्रहण गर्ने स्पष्ट पारिन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्