ओलीलाई सर्वदलीय बैठकको आग्रह : संसद खुलाउन सकारात्मक भूमिका खेल्नुस्
काठमाडौं।आज बसेको सर्वदलीय बैठकमा सहभागी दलहरुले संसदलाई निर्वाध र मर्यादित हिसाबले अगाडि बढाउन सकारात्मक भूमिका खेल्न विपक्षी दलका नेता केपी शर्मा ओलीलाई आग्रह गरेका छन्।सरकारका प्रवक्ता एवं कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकले यस्तो आग्रह गरेको जानकारी दिए। निरन्तर संसद अवरुद्ध हुँदा जनताका जीवनमा प्रत्यक्ष सम्बन्ध राख्ने प्रतिनिधि सभामा ३३ र राष्ट्रिय सभामा २८ विधेयक अन्योलको अवस्थामा रहेका उनको भनाइ थियो।
प्रतिक्रिया दिनुहोस्