छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। भागवण्डा टुंगिएसँगै सत्तारुढ दलहरु मन्त्री छनोटका लागि छलफलमा व्यस्त रहेका छन्। विप्लव नेतृत्वको नेकपाका नेता कुमार पौडेल ‘हत्या’ प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापा र पूर्वआईजीपी सर्वेन्द्र खनालविरुद्ध सर्लाहीमा जाहेरी दर्ता भएको छ।लुम्बिनी प्रदेश सरकारले प्रतिस्थापन विधेयकमार्फत झण्डै ४१ अर्ब रुपैयाँको बजेट प्रदेश सभामा पेश गरेको छ। परराष्ट्रमन्त्री डा. नारायण खड्काले एमसीसी सम्झौता सबैको सहमतिमा मात्र अघि बढ्ने स्पष्ट पारेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्