गर्नेलाई भन्दा देख्नेलाई लाज : सुवाष नेम्वाङ काठमाडौं। नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले ‘निजामती सेवा विधेयक–२०७५’ फिर्ता गरेर सरकारले गल्ती गरेको बताएका छन्। संसदीय समितिमा लामो समय छलफल गरेर आएको विधेयक संसदबाट फिर्ता गरेर सरकारले उल्टो बाटोमा हिड्ने काम गरेको उनको प्रतिक्रिया थियो। शुक्रबार संसद बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग बोल्दै नेम्वाङले विधेयकहरुलाई फिर्ता लैजाने र अध्यादेशमार्फत विधेयक ल्याउने काम एमालेलाई मान्य नहुने स्पष्ट पारे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्