संसदलाई पंगु बनाउने र डिफल्ट बनाउने काम सूरु :-सरदसिंह भण्डारी
काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका सांसद शरदसिंह भण्डारीले नेकपा एमालेले संसद अवरुद्ध गरेको कारण कानून निर्माणको काम अघि बढ्न नसकेको बताएका छन्। प्रतिनिधिसभाको शुक्रवारको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै भण्डारीले एमालेले संसदलाई संसदीय मर्यादा, पद्धति र अभ्यास विपरित काम गरेर पंगु र असफल बनाउने काम गरिरहेको आरोप लगाए।
प्रतिक्रिया दिनुहोस्