छुटाउनै नहुने आजका मुख्य १० खबर
काठमाडौं। सरकार गठनको ८८ दिनपछि मन्त्रिपरिषदले पूर्णता पाएको छ। वर्तमान सरकारमा प्रधानमन्त्रीसहित २२ मन्त्री र ३ राज्यमन्त्री गरी २५ सदस्यीय मन्त्रिपरिषद् बनेको छ। लुम्बिनी प्रदेशमा कांग्रेसले मन्त्री नटुंग्याउद मन्त्रिपरिषद विस्तार रोकिएको छ। एकीकृत समाजवादी र जीवन राई नेतृत्वको नेकपा एकीकृत बीच एकीकरण भएको छ। अल्पतमा परेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले कात्तिक ५ गते विश्वासको मत लिने भएका छन्।
प्रतिक्रिया दिनुहोस्