फेशनको पछि नलागौं, सुपथ र टिकाउ कपडा रोजौं
ट्रेन्डलाई पछ्याउँदा छिटो नै 'फेड आउट' हुने र बजेटले तिब्र रूपमा परिवर्तन भइरहेको ट्रेण्डलाई पछ्याइ रहन सक्दैन।अहिलेको अवस्थामा लामो समयसम्म रहने र तपाईँको बजेटले पनि बच्ने ट्रेण्डलाई अपनाउँदा राम्रो हुन्छ। 'घाँटी हेरी हाड निल्नु' भने जस्तै यो वर्षको दसैको बजेट लुगामा घटाउनुपर्छ।यसपटक ट्रेण्डमा भन्दा पनि किफायती तथा धेरै समयसम्म प्रयोग गर्न मिल्ने र ट्रेण्ड पुरानो नहुने खालका डिजाइनका कपडाहरु लगाउनुपर्छ।
प्रतिक्रिया दिनुहोस्