३१ वर्षमा १७ आयोग, तर १५ लाख परिवार अझै भूमिहीन
बहुदलीय व्यवस्था स्थापनापछि सरकारले सुकुम्बासी समस्या समाधान गर्न ३१ वर्षमा मुलुकमा १७ वटा आयोग बनेपनि अझैसम्म सुकुम्बासी समस्याको दीर्घकालीन समाधान हुन सकेको छैन।भूमिसुधार तथा व्यवस्था मन्त्रालयकाअनुसार १७ मध्ये ६ वटा आयोगले एक लाख ५४ हजार ८५६ परिवारलाई सुकुम्बासी पहिचान गरी ४६ हजार ६९४ बिघा जमीन वितरण गरेको थियो।सरकारले भर्खरै शिक्षकनेता केशव निरौलाको नेतृत्वमा अर्को आयोग गठन गरेको छ।
प्रतिक्रिया दिनुहोस्