केही प्रावधान परिमार्जनगरी एमसीसी पारित हुन्छ : गृहमन्त्री थापा
<p>सुर्खेत। गृहमन्त्री रामबहादुर थापाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का केही प्रावधान परिमार्जन गरेर संसद्ले पारित गर्ने बताएका छन्। आज सुर्खेतमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले एमसीसी राष्ट्रिय हितमा हुनुपर्ने बहस चलिरहेको र सभामुखको घोषणा भएपश्चात् सदनमा प्रस्तुत हुने बताए। </p>
<p>एमसीसी सरकारले सदनबाटै पारित गर्नुपर्ने बाध्यता किन भन्ने विषयमा पत्रकारले राखेको प्रश्नको जवाफमा थापाले अमेरिकी सिनेटले पारित गर्ने भएकाले नेपालको सदनबाट पारित गर्नुपर्ने बताए। गृहमन्त्री थापाले शान्ति र स्थायित्व विना मुलुकमा विकास सम्भव नभएको पनि बताए। उनले सरकारले अपराधिक गतिविधि नियन्त्रणलाई प्राथमिकता राखेको जानकारी दिए।<em>रासस</em></p>
<p> </p>
प्रतिक्रिया दिनुहोस्