साझा प्रयासबाट आर्थिक विकास सम्भव छ: अध्यक्ष दाहाल
<p>काठमाडाैं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले सबै समुदायको साझा प्रयासबाट नै देशको आर्थिक विकास सम्भव भएको बताएका छन्।</p>
<p>तामाङ समुदायको महान सांस्कृतिक चाड ‘सोनाम ल्होछार–२८५६’ को अवसरमा आज शुभकामना सन्देश दिँदै उनले लामो प्रतीक्षापछि आर्थिक समृद्धिको आधारका रूपमा स्थायी सरकार बनेकाले सबै जाति, क्षेत्र, लिङ्ग र समुदायको सहयोगको खाँचो औँल्याए।</p>
<p>अध्यक्ष दाहालले ल्होछारले सबै समुदायमा बन्धुत्व, प्रेम र एकताको भावना बढाई शान्त, समुन्नत तथा समृद्ध नेपाल बनाउन सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि गरेका छन्। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्