हामीले चाहे एक हप्तामा सरकार ढाल्छौं : ओली
काठमाडौं। प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले चाहे अहिलेको सरकार सात दिनभित्र ढाल्न सक्ने दावी गरेका छन्। एमालेको वागमती प्रदेश कमिटी बैठकमा बोल्दै उनले सरकारमा लोभीपापीमात्रै रहेको उनीहरूलाई बिलो लगाउनेबित्तिकै सरकार ढल्ने बताए। उनले भने, ‘अहिले पनि यो सरकार ढाल्दिउँ भन्ने हो भने एक हप्तामा यो सरकार ढल्छ, लोभीपापीहरू छन्, दिए भइगो नि। ढलिहाल्छ नि।
प्रतिक्रिया दिनुहोस्