खानेपानी संस्थानका प्रमुखलाई अर्धनग्न पारेर नगर घुमाइयो जनकपुर।सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले नेपाल खानेपानी संस्थान जनकपुरधामका निमित्त प्रमुखलाई कुटपिट गर्दै अर्धनग्न पारेर नगर घुमाएका छन्।उनीहरुले अविरल वर्षाका कारण जनकपुरधाम जलमग्न भएपछि ढल निर्माणमा अनियमितता भएको भन्दै गुण्डाशैलीमा संस्थानका निमित्त प्रमुख राजेश्वर कुश्वाहालाई कुटपिट गर्दै नगर परिक्रमा गराएका हुन्।जनकपुरधामको रामानन्द चोकस्थित कार्यालयमा लाठीसहित पुगेका जनमत पार्टीका कार्यकर्ताले कुश्वाहालाई जबरजस्ती कार्यालयबाट बाहिर निकालेर कुटपिट गर्दै गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्