छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौँ। प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले संसदमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गरेका छन्। जसमा आइतबार मतदान हुने जनाइएको छ। आचरण र व्यवहारमा गम्भीर शंका उत्पन्न भएको भन्दै पूर्वन्यायाधीश फोरमले प्रधानन्यायाधीशको राजिनामा मागेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी र डुबानको दीर्घकालीन समाधान गर्ने बताएका छन्। भूकम्पपछिको पुनर्निर्माणबारे जानकारी दिन मंसिर तेस्रो साता अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्