राष्ट्रिय सभामा आउँदो ६ वर्षसम्म नेकपाकै बहुमत
काठमाडौं। ९ माघमा राष्ट्रिय सभाका १८ सदस्यका लागि भएको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का १६ र राष्ट्रिय जनता पार्टी (राजपा)का दुईजना सदस्य निर्वाचित भए ।

यो निर्वाचनको नतीजा झैं राष्ट्रिय सभामा सत्तारुढ नेकपाको दुईतिहाइ बहुमत छ । अहिले मात्र होइन, राष्ट्रिय सभामा कम्तीमा आउँदो ६ वर्षसम्म सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कै बहुमत यथावत रहने निश्चित भएको छ।

यो बीचमा नेपाल कम्युनिष्ट पार्टी विभाजन भएन र कुनै अप्रत्यासित राजनीतिक परिघटना भएन भने नेकपाको बहुमत ६ वर्षसम्मलाई सुरक्षित हुनेछ।

६ मध्ये चार वर्ष राष्ट्रिय सभामा नेकपाको दुईतिहाइ बहुमत हुनेछ भने त्यसपछिका दुई वर्ष एक सिट नजित्दा पनि ऊसँग सुविधाजनक बहुमत हुनेछ।

९ माघमा भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमा १८ पदमध्ये नेकपाले १६ पदमा जित हात पारेको हो।

जबकि, ४ असार २०७५ मा गरिएको गोलाप्रथा अनुसार आउँदो २० फागुनमा नेकपाका आठ जना सदस्य मात्र बाहिरिने छन्।

२० फागुनमा नेपाली कांग्रेसका सात, राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका दुई, समाजवादी पार्टीका एक र मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नियुक्त गरेका एक जना सदस्यको पद रिक्त हुनेछ।

९ माघको निर्वाचन परिणामबाट नेकपाले ‘डबल’ क्षतिपूर्ति गरेको छ भने राजपाले समान क्षतिपूर्ति गरेको छ।

२० फागुनपछि राष्ट्रिय सभामा नेकपाका ४५, कांग्रेसका ६, मनोनित तीन, राजपाका दुई र समाजवादी पार्टीका एक सदस्य हुनेछन्। सरकारले मनोनीत गर्ने भएकाले मनोनित सबैजना नेकपाकै हुनेछन्। यसरी हेर्दा नेकपाको तर्फबाट राष्ट्रिय सभामा ४८ सदस्य हुनेछन्।

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना तत्कालीन नेकपा एमाले र उपाध्यक्ष शशीकला दाहाल तत्कालीन् नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए।

तिमिल्सिनाको कार्यकाल ६ वर्षको छ भने दाहालको कार्यकाल चार वर्षको छ। दाहाल अझैं दुई वर्षसम्म राष्ट्रिय सभामा हुनेछिन्।

पाँच वर्ष कार्यकाल अनुसार स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचन २०७९ सालमा हुनेछ। त्यसअघि १५ माघ २०७८ भित्र राष्ट्रिय सभाको निर्वाचन भइसक्नेछ। किनकी २० फागुन २०७८ मा एक जना मनोनितसहित २० जना सदस्य बाहिरिनेछन्।

स्थायी सदनका रूपमा रहेको राष्ट्रिय सभामा प्रत्येक दुई/दुई वर्षमा निर्वाचन हुने प्रावधान छ। प्रत्येक दुई वर्षमा एक तिहाई सदस्य बाहिरिने र भित्रिने गर्छन्। जुन–जुन वर्ग वा क्षेत्रको प्रतिनिधित्व गरेका सदस्यको कार्यकाल सकिन्छ सोही अनुसारको निर्वाचन वा मनोनयन हुनेछ।

राष्ट्रिय सभा सदस्यको पदवाधि सकिनुभन्दा ३५ दिनअघि नै निर्वाचन गरिसक्ने प्रावधान रहेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।

आयोगका अनुसार स्थायी सदनका रूपमा रहेको राष्ट्रिय सभामा प्रत्येक दुई/दुई वर्षमा निर्वाचन हुने प्रावधान छ। प्रत्येक दुई वर्षमा एक तिहाई सदस्य बाहिरिने र भित्रिने प्रावधान रहेको छ। जुन–जुन वर्ग वा क्षेत्रको प्रतिनिधित्व गरेका सदस्यको कार्यकाल सकिन्छ सोही अनुसारको निर्वाचन वा मनोनयन हुनेछ।

राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुख मतदाता रहने व्यवस्था छ।

१५ माघ २०७८ भित्र हुने निर्वाचनमा अहिलेकै मतदाता हुनेछन्। अहिलेकै मतदाता हुनु भनेको नेकपाकै धेरै मतदाता हुनु हो। यसर्थ, दुई वर्षपछि पनि राष्ट्रिय सभा निर्वाचनमा नेकपाले लगभग ‘क्लिन स्वीप’ गर्नेछ।

राष्ट्रिय सभामा बाँकी रहने कांग्रेसका ६ सदस्यमध्ये दुई जना दुई वर्षपछि बाहिरिनेछन् भने चार जना सदस्य २०८० सालमा हुने निर्वाचनसम्म रहनेछन्। ६ वर्ष कार्यकाल पाएकी समाजवादीकी प्रमिला कुमारी पनि २०८० सालको निर्वाचनसम्म रहनेछिन्।

दुई वर्षपछि सबैभन्दा धेरै नेकपाका १७ सदस्य बारिहनेछन्। नेकपाको तर्फबाट मनोनित भएका रामनारायण बिडारी पनि बाहिरिनेछन्।

१५ माघ २०७८ भित्र राष्ट्रिय सभाका १९ सदस्यका लागि निर्वाचन हुनेछ। अहिलेकै गठबन्धन कायम राखेर नेकपाले राजपालाई दुई पद दियो भने पनि उसका १७ सदस्य पूर्ति हुनेछन्।

त्यसरी हेर्दा राष्ट्रिय सभामा २०८० सालको निर्वाचनसम्म नेकपाको तर्फबाट निर्वाचित कम्तीमा ४५ सदस्य रहेछन्। मनोनीत समेत गर्दा नेकपाको सदस्य संख्या ४८ हुनेछ।

२० फागुन २०८० मा नेकपाका १३, कांग्रेसका चार र समाजवादी पार्टीका एक सदस्य बाहिरिनेछन्। यसैगरी मनोनीतमध्येका गृहमन्त्री रामबहादुर थापा र अर्का सदस्य डा. विमला पौडेल राई पनि बाहिरिनेछन्।

२०८० सालमा हुने निर्वाचनमा नेकपाले एकसिट समेत जितेन भने पनि राष्ट्रिय सभामा उसका सदस्य कम्तीमा ३२ जना रहनेछन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्