प्रचण्डको आरोपः ओली पूर्वराजावादीसँग मिलेर गणतन्त्र उल्ट्याउन लागे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गणतन्त्र उल्ट्याउन लागि परेको आरोप लगाएका छन्। सोमवार कीर्तिपुरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले ओली गणतन्त्र उल्ट्याउन लागि परेको आरोप लगाएका हुन्। माओवादी शिथिल हुँदा, कार्यव्यस्ततामा हुँदा प्रतिगमनकारी शक्तिले गणतन्त्र नै सक्न लागि परेको उनको आरोप थियो। पार्टी अब नयाँ संकल्पसहित फेरि अघि बढ्नुपर्ने उनको भनाइ थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्