संसदको अंक गणितको खेलले पदबाट हटेः मुख्यमन्त्री आचार्य
काठमाडाैं । प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएका छन्।विश्वासको मत नपाउने निश्चित भएपछि उनले सोमबार प्रदेश सभामै सम्बोधन गर्दै राजीनामा दिएका छन्।‘मैले सुरूमै राजीनामा दिन सक्थे। तर जनताको बन्धनबाट म मुक्त हुन सकिनँ। कामलाई महत्वपूर्ण रूपमा राखियो,’ प्रदेश सभामा बोल्दै आचार्यले भने, ‘आलोचना गर्नेले पनि सहयोग नै गर्नुभएको छ। म आजै मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गर्दछु।'
प्रतिक्रिया दिनुहोस्