प्रधानन्यायाधीश राणाको राजीनामाको माग गर्दै आज पनि बिरोध प्रदर्शन
काठमाडाैं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आएको नेपाल बार एसोसिएसनले सोमबार पनि सर्वोच्च अदालत परिसरमा धर्ना र विरोध कार्यक्रमलाई निरन्तरता दिएको छ । प्रधानन्यायाधीशले कार्यपालिकामा भाग खोजेको, हरिकृष्ण कार्कीको प्रतिवेदन कार्यान्वयन नगरेको जस्ता विभिन्न आरोपहरू लगाउँदै बारले जबराको राजीनामालाई एकसूत्रीय माग बनाएको छ ।आइतबार पनि सर्वोच्च परिसरमा वकिलहरूले धर्ना दिइरहँदै बहुमत न्यायाधीशहरूले बेन्च बहिष्कार गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्