तिहारमा बिजुली अभाव हुँदैन, निर्धक्कका साथ झिलिमिली गर्दा हुन्छ : कुलमान काठमाडौँ।नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले तिहारमा बत्तीको अभाव नहुने बताएका छन् । मंगलबार नेपाल विद्युत प्राधिकरणले आयोजना गरेको शुभकामना आदानप्रदान तथा समसामयिक विषयमा पत्रकार सम्मेलनमा बोल्दै प्रवन्ध निर्देशक घिसिङले तिहारमा बत्तीको अभाव नहुने बताएका हुन् । उनले समय समयमा बत्ती जाने गरेको समस्यालाई गम्भीरताका साथ लिएको बताउँदै वितरण प्रणालीमा व्यापक सुधार गर्ने समेत बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्