अध्यादेशको कडा व्यवस्थाले यो वर्ष एसिड आक्रमणका घटना शून्यमा झार्यो-उज्ज्वल विक्रम थापा
काठमाडौं। वर्षमा चारदेखि पाँचवटासम्म एसिड आक्रमणको घटना घट्ने गरेकोमा यसवर्ष भने एउटा पनि घटना नघटेको पाइएको छ। गतवर्ष लक्ष्मी पुजाका दिन आरती साहमाथि जनकपुरमा एसिड आक्रमण भएपश्चात् कुनैपनि यस्ता घटना नघटेका अभियन्ता उज्ज्वलविक्रम थापाले जानकारी दिए। मिडियाले चलाएको अभियान,सरकारले ल्याएको अध्यादेश जसमा बेच्ने व्यापारीलाई पनि कारवाहीको व्यवस्था हुनु, यी कारणहरुले गर्दा नै यस्ता घटनामा कमी आएको उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस्