राष्ट्रपति भण्डारीले लगाइदिइन् भाइ डेगेन्द्रलाई भाइटीका राष्ट्रपति विद्यादेवी भण्डारीले भाइटीकाका अवसरमा शनिबार बिहान ११ बजेर २ मिनेटको शुभसाइतमा आफ्ना कान्छो भाइ डेगेन्द्र पाण्डेलाई सप्तरंगी टीका लगाइदिएकी छन्। भण्डारीले टीका लगाएर भाइलाई आशीर्वाद दिँदै दुबो र मखमलीयुक्त माला लगाइदिएकी थिइन्। उनले नेपाली ढाकाटोपी लगाएर भाइलाई उपहारसमेत प्रदान गरेकी थिइन्। त्यसअघि राष्ट्रपति भण्डारीले शास्त्रोक्त विधिपूर्वक दीप, कलश, गणेशका साथै अष्टचिरञ्जीवी र यम यमुनाको पूजा अर्चना गरेकी थिइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्