ओलीको खुलासाः प्रतिगामी परमादेशहरू अरु पनि आउन सक्छन्
काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओलीले असार २८ का जस्ता प्रतिगामी परमादेशहरू अरु पनि आउन सक्ने खुलासा गरेका छन्। यसकालागि सचेत रहन कार्यकर्ता पंक्तिलाई उनको आह्वान थियो। आइतबार कर्णाली प्रदेश कमिटीले आयोजना गरेको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, एमाले नभएको भए २०१७ सालको जस्ता घटना दोहरिने थिए। ओलीले एमाले सरकार छाड्न तयार रहेको तर देशलाई तलमाथि हुन नदिने बताए।
प्रतिक्रिया दिनुहोस्