विष्णु पौडेललाई शंकर पोखरेलको सुझाव- ‘राजधानीका विषयमा लविङ नगर्नुस्, नबोल्नुस्’
बुटवल। प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले राजधानीका विषयमा नेकपाका महासचिव विष्णु पौडेलले लविङ गर्दै हिडेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

बुटवलमा आज आयोजित प्रेस संगठन नेपाल प्रदेश ५ को प्रथम भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले राजधानीको विषयलाई नेकपा महासचिवले प्रतिष्ठाको विषय बनाउन नहुने भन्दै आगामी दिनमा राजधानीको विषयमा नबोल्न सुझाएका छन्। पाेखरेल नेकपाका स्थायी कमिटी सदस्य हुन्।

सम्बोधनमा उनले भने, “मैले दाङ राजधानी बनाउने भनेर चुनाव जिते। विष्णु पौडेलले पनि बुटवल राजधानी बनाउने भनेर चुनाव जित्नुभयो। राजधानीको विषयमा अहिले मेरो निजी विचार छैन। महासचिवले पनि पत्रकारलाई फोन गरेर राजधानीको विषयमा लविङ नगर्नुस/नबोल्नुस्।”

प्रदेशलाई विभाजन गर्न नभई जोड्नका लागि राजधानी बनाउनु पर्ने भन्दै पोखरेलले निर्वाचनका बेला गरिएको कुराभन्दा पछि हटेर राजधानीको विषय टुङ्ग्याउनुपर्ने बताए।

कार्यक्रममा पोखरेलले कतिपय पत्रकारले सत्य थाहा नपाइ समाचार लेख्ने गरेको गुनासो गरेका थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्