सर्वोच्चमा प्रहरी र वकिलबीच झडप
काठमाडाैं । प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाको राजीनामा माग गर्दै धर्ना दिन सर्वोच्च परिसर छिर्ने क्रममा आन्दोलनरत वकिललाई प्रहरीले रोक्न खोजेपछि झडप भएको छ। अहिले सर्वोच्च परिसरमा वकिलहरूले प्रधानन्यायाधीशको राजीनामा माग्दै नाराबाजी गरिरहेका छन्। भ्रष्ट प्रधानन्यायाधीश राजीनामा दे', चोलेन्द्रका मतियार होसियार, लगायतका नारा लगाउँदै निरन्तर आधा घण्टादेखि वकिलको प्रदर्शन चलिरहेको छ।
प्रतिक्रिया दिनुहोस्