शीर्षक बदलेर झन् बढी सुविधा

काठमाडौं। प्रदेश सरकारहरूले स्थानीय तहका जनप्रतिनिधिलाई सुविधा दिन ऐन संशोधनको तयारी गरेका छन्।

सर्वोच्च अदालतले गत कात्तिक पहिलो साता स्थानीय तहका पदाधिकारी र सदस्यहरूको मासिक पारिश्रमिक तथा ज्यालासहितको सुविधासम्बन्धी प्रदेशका कानूनहरू एकमुष्ट खारेज गरिदिएपछि ६ वटा प्रदेशका जनप्रतिनिधिले वैधानिक रूपमा सुविधा लिन पाएका छैनन्।

पारिश्रमिक कटौती भएपछिछ खर्च धान्नै मुस्किल भएको गुनासो गर्दे आएका जनप्रतिनिधिहरू पछिल्लो समय कार्यालय जानसेमत छाडेका छन्।

उनीहरूले सुविधासम्बन्धी विशेष व्यवस्था गर्न प्रदेश सरकारसँग माग गर्दे आएका छन्। जनप्रतिनिधिका यही माग सम्बोधन गर्न प्रदेश २, गण्डकी, पैदेश ५ र सुदूरपश्चिम प्रदेश सरकारले ऐन संशोधन गर्न लागेको आजको कान्तिपुर दैनिकमा समाचार छ।

प्रदेश ५ सरकारले स्थानीय तहका पदाधिकारीको सेवा/सुविधासम्बन्धी ‘विशेष व्यवस्था’ गर्न ‘स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, ०७५’ संशोधन गर्न लागेको छ। यसका लागि केही समययता जनप्रतिनिधे लबिङ गरिरहेका छन्।

संशोधनको मस्यौदामा जनप्रतिनिधिलाई पहिलाको भन्दा धेरै सुविधा दिने प्रस्ताव छ।

सुविधाअन्तर्गत यातायात, अतिथि सत्कार, टेलिफोन, इमेल इन्टरनेट, पत्रपत्रिका, खानेपानी, विद्युतलगायतका शीर्षक थपिएका छन्।

अतिथि सत्कारका लागि छ देखि १८ हजार रूपैयाँसम्म मासिक सुविधा दिने प्रस्ताव छ।

पत्रपत्रिका, टेलिफोन, खानेपानीमा तीदेखि छ हजार ५०० रूपैयाँसम्म दिने उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्