काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारी लक्ष्यअनुसार रावश्व संलकन नभए आन्तरिक स्रोत परिचालन गर्ने तर, व्यवसायीलाई दुःख नदिने बताएका छन्।
६८औं भन्सार दिवसको अवसरमा भन्सार विभागले आज काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले राजश्व घट्दा पनि चिन्ता नलिएको बताए।
“राजश्व घट्दा पनि मैले चिन्ता लिएको छैन। यसलाई मैले नेपाली अर्थतन्त्र सकरात्मक दिशातर्फ गएको अर्थमा बुझेको छु”, खतिवडाले भने।
आगामी दिनमा आयातीत वस्तुबाट राजश्व संकलन गरेर देश चलाउने सोचबाट मुक्त हुनुपर्ने उनले बताए। सरकारले आयात घटाउने रणनीति बनाएको र आयात घट्दो अवस्थामा रहेकाले लक्ष्यअनुसारको राजश्व नउठे पनि अर्थमन्त्रालय खुसी रहेको उनको भनाई छ।
उनले भने, “नेपालको भन्सार प्रणाली अन्तर्राष्ट्रिय स्तरको भएको छ। अहिले नेपालको भन्सार प्रणाली पनि विकसित देशहरुको जस्तै क्यासलेस बनेको छ।”
नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य पूरा गर्न नीजि क्षेत्रले साथ दिने बताइन्। विगतको तुलनामा नेपालको भन्सार धेरै सुधारिएको उनको भनाई छ।
यस्तै, नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले भन्सार बिन्दुमा आयातीत बस्तुको सही मूल्यांकन हुनुपर्ने बताए।
नेपाल चेम्बरअफ कर्मशका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले भन्सारलाई प्रत्येक स्थानीय तहमा व्यवस्थित बनाउनु पर्ने बताउँदै भने, “केन्द्रीय कर प्रणालीलाई जस्तै स्थानीय कर प्रणालीलाई पनि व्यवस्थित र सरल बनाउन आवश्यक छ।”
" /> काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारी लक्ष्यअनुसार रावश्व संलकन नभए आन्तरिक स्रोत परिचालन गर्ने तर, व्यवसायीलाई दुःख नदिने बताएका छन्।६८औं भन्सार दिवसको अवसरमा भन्सार विभागले आज काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले राजश्व घट्दा पनि चिन्ता नलिएको बताए।

">