बागलुङ। बागलुङको बरेङ गाउँपालिकाले छोरी जन्मिएको घरमा ‘उज्यालो भविष्य बाल बचत’ कार्यक्रम सञ्चालन गरेर छोरा र छोरीबीच हुने विभेद अन्त्यको अभियान थालेको छ।
गाउँपालिकाले छोरी जन्मेमा हरेक महीना १०० रुपैयाँका दरले २० वर्षसम्म बालिकाको खातामा रकम जम्मा गरिदिने योजना बनाएको हो।
छोरा जन्मेमा भने एकपटक मात्र बालकको खातामा एक हजार जम्मा गरिदिनेछ। यसका लागि गाउँपालिकाको केही सर्त पूरा गर्नुपर्ने हुन्छ ।
गर्भवती महिलाले स्वास्थ्य संस्थामा नियमित रुपमा चारपटक स्वास्थ्य परीक्षण, स्वास्थ्य संस्थामा सुत्केरी र ३५ दिनभित्र बच्चाको जन्मदर्ता गराएमा मात्र उज्यालो भविष्य कार्यक्रममा समावेश गरिने गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद पौडेलले बताए।
“यो सानो शुरुआत हो, हेर्दा सामान्य लागे पनि विभेद अन्त्यका लागि ठूलो कदम हुन्छ”, अध्यक्ष पौडेलले भने, “यो कार्यक्रमले सुरक्षित भविष्य, सुरक्षित प्रसूतिदेखि छोरीहरुको पठनपाठनलगायतमा टेवा पुग्नेछ।”
गाउँपालिकाको सुविधा पाउन आमाबाबुले पनि गाउँपालिकासँगै छोरीको खातामा २० वर्षसम्म नै १०० का दरले रकम जम्मा गर्नुपर्नेछ।
छोरी २० वर्षको हुँदासम्म ८ कक्षा पास नगरेमा, २० वर्ष उमेर नपुग्दै विवाह गरेमा गाउँपालिकाले जम्मा गरिदिएको रकम फिर्ता लिने प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताए।
दुई सन्तानका लागि मात्र सो अभियान लागू हुनेछ।
तेस्रो बच्चा भएपछि उज्यालो भविष्य बचतमा गाउँपालिकाले सहयोग नगर्ने नीति लिएको छ।
शिशुको मासिक बचत पाउनका लागि शिशुको आमासमेत २० वर्ष पुग्नुपर्ने गाउँपालिकाको सर्त छ।
“हामीले छोरीको बचत मात्रै हैन छोराछोरीको विभेद अन्त्यदेखि बालविवाह न्यूनिकरणका लागि पनि योजना बनाउँदै छौं”, थापाले भने।
गाउँपालिकाको पाँचवटै वडाभित्रका पाँच स्वास्थ्य चौकी र तीन सामुदायिक स्वास्थ्य इकाइमार्फत पहिलोपटक गर्भवती जाँच गराउने सुत्केरी महिलालाई पोषिलो झोला प्रदान गरिएको छ ।
पोषिलो झोलामा आयोडिनयुक्त नुन, रायो, मूला, धनियाँ, सिमी, बोडीको बीउ राखिन्छ।
नियमित गर्भ जाँचमा प्रोत्साहन गरेर महिलालाई स्वास्थ्य संस्थामै सुरक्षित सुत्केरी बनाउन र खानपानमा हरिया सागपात, आयोडिनयुक्त खाना खानेलगायत परामर्शसमेत दिँदै आइएको छ। रासस
" /> बागलुङ। बागलुङको बरेङ गाउँपालिकाले छोरी जन्मिएको घरमा ‘उज्यालो भविष्य बाल बचत’ कार्यक्रम सञ्चालन गरेर छोरा र छोरीबीच हुने विभेद अन्त्यको अभियान थालेको छ।गाउँपालिकाले छोरी जन्मेमा हरेक महीना १०० रुपैयाँका दरले २० वर्षसम्म बालिकाको खातामा रकम जम्मा गरिदिने योजना बनाएको हो।

">