चीनकाे वुहानमा रहेका नेपालीकाे उद्धार गर्न कांग्रेसकाे माग <p>काठमाडाैं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरसबाट नेपाल पनि उच्च जोखिममा रहेको भन्दै यसबाट नेपालीको सुरक्षाका लागि गम्भीरतापूर्वक आवश्यक व्यवस्थापन गर्न सरकारसँग माग गरेको छ।</p> <p>नेपाल पनि कोरोना भाइरसबाट उच्च जोखिममा छ। चीनको हुबई प्रान्तको राजधानी वुहानबाट फैलन शुरू भएको काेरोना भाइरस आधा दर्जन मुलुकमा फैलिसकेको छ।</p> <p>वुहान शहरमा विभिन्न विश्वविद्यालय, शिक्षण संस्थामा अध्ययनरत नेपाली विद्यार्थी र त्यहाँ रहेका नेपाली व्यवसायीसमेत जोखिममा रहेकाले उनीहरूलाई सुरक्षित तरिकाले यथाशीघ्र उद्धारका लागि आवश्यक व्यवस्था गर्न कांग्रेस संसदीय दल आग्रह गरेको हो।</p> <p>&#39;महामारीका रूपमा फैलन सक्ने कोराेना भाइरस फैलन नदिन आवश्यक सुरक्षा व्यवस्था&nbsp; तथा सङ्क्रमित व्यक्तिको उचित उपचारको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउँछौँ&#39;, प्रमुख सचेतक बालकृष्ण खाँणद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। <em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्