काठमाडौं। आर्थिक वर्ष २०७५/०७६ मा तीन हजार २८२ जना नयाँ कुष्ठरोगका बिरामी फेला परेका छन्।

अघिल्लो आर्थिक वर्षको तुलनामा यो ३३ ले बढी हो।  आर्थिक वर्ष २०७४/०७५ मा तीन हजार २४९ जनामा कुष्ठरोगको संक्रमण रहेको पत्ता लागेको थियो।

अपाङ्ग तथा कुष्ठरोग नियन्त्रण केन्द्रका अनुसार अहिले उपचारमा दुई हजार ९२१ जना संलग्न रहेका छन्। नयाँ मध्ये १४ वर्षमुनिका २६० जना बिरामी छन्। नयाँ बिरामी मध्ये ११ सय ४२ जना महिला रहेका छन्। केन्द्रका प्रमुख डा. उत्तम घिमिरेका अनुसार नयाँ बिरामीको तह २ असमर्थता भएको बिरामीको संख्या १५६ रहेको छ।

केन्द्रका अनुसार तराई लगायत विभिन्न १७ जिल्लाहरूमा कुष्ठरोगको प्रकोपदर १ भन्दा बढी रहेको छ। अहिलेसम्म कुष्ठरोगको कारणबाट ३१ हजारभन्दा बढीमा अपांगताको समस्या देखिएको केन्द्रले अनुमान गरेको छ। नेपालमा ५ माघ २०६६ मा राष्ट्रियस्तरमा कुष्ठरोग निवारणको घोषणा गरिएको भएपनि १७ जिल्लामा कुष्ठरोग निवारण हुन सकेको छैन।

६७औं विश्व कुष्ठरोग दिवकाका अवसरमा केन्द्रले सन् २०२० को अन्त्यसम्म सबै जिल्लामा कुष्ठरोगको प्रकोपदर प्रति १ हजार जनसंख्यामा १ भन्दा कम गर्ने लक्ष्य लिएको छ। त्यसैगरी कुष्ठरोगको नयाँ बिरामीमध्ये १४ वर्ष मुनिकाहरूको हकमा असमर्थताको तह २ लाई शून्य बनाउने, सबै नयाँ निदान भएका कुष्ठरोगका बिरामीहरूमा तह २ असमर्थतालाई प्रति १० लाख जनसंख्यामा १ भन्दा कम गर्ने र कुष्ठरोग प्रभावितहरूलाई भेदभाव हुने प्रकारको कानूनी प्रावधानलाई शून्य बनाउने लक्ष्य लिएको छ।

शुरूको अवस्थामा रोगको उपचार गर्न सके यो रोग अरुलाई सर्दैन र अपांगता हुनबाट बचाउँछ।

सरकारले झापा, मोरङ, पर्सा, धनुषा, रुपन्देही, कपिलवस्तु, कैलाली, कञ्चनपुर, अछाम, उदयपुर, इलामलगायतका जिल्लामा कुष्ठरोग संक्रमणको न्यूनीकरण गर्न एलपीइपी सेवा सञ्चालन गरेको छ। त्यसैगरी आनन्दवन अस्पताल, आईएनएफ र लालगढ कुष्ठरोग अस्पतालको सहकार्यमा सुधारात्मक शल्यक्रियाका कार्यक्रम सञ्चालन भइरहेका छन्।

केन्द्रका अनुसार ७७ वटै जिल्लामा प्रदेश मेडिकल स्टोरमार्फत् बहुऔषधि व्यवस्थापन भइरहेको छ। कुष्ठरोग आँखाले देख्न नसकिने माइकोव्याक्टेरियम लेप्रे नामको सुक्ष्म किटाणुबाट लाग्ने तर, ज्यादै कम सर्ने रोग हो। ९५ प्रतिशत मानिसमा किटाणुसँग लड्न सक्ने क्षमता हुन्छ।

शुरूको अवस्थामा रोगको उपचार गर्न सके यो रोग अरुलाई सर्दैन र अपांगता हुनबाट बचाउँछ। सरकारले कुष्ठरोगको नियमित उपचार पूरा गरेपनि एक हजार र रोगबाट हुने जटिलताको उपचार गर्न प्रेषण अस्पतालमा भर्ना हुने प्रभावितलाई थप एक हजार यातायात खर्चबापत उपलब्ध गराउँदै आएको छ।

‘कुष्ठरोगविरुद्ध हाम्रो अभियान, भेदभावको अन्त्य मानवअधिकारको सम्मान’ भन्ने नाराका साथ आज कुष्ठरोग दिवस मनाइएको छ।

" /> काठमाडौं। आर्थिक वर्ष २०७५/०७६ मा तीन हजार २८२ जना नयाँ कुष्ठरोगका बिरामी फेला परेका छन्।

"> एक वर्षमा भेटिए तीन हजार २८२ कुष्ठरोगका बिरामी : Dekhapadhi
एक वर्षमा भेटिए तीन हजार २८२ कुष्ठरोगका बिरामी

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्