प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम राख्ने सहमति, नाममा छलफल हुँदै

काठमाडौं। प्रदेश २ को स्थायी राजधानीका विषयमा सहमति जुटेको छ।

सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित संसदीय विशेष समितिमा स्थायी राजधानी जनकपुरधाममै राख्ने सहमति जुटेको हो।

“राजधानीका विषयमा एक किसिमको सहमति जुटेको छ”, सभामुख यादवले भने, “तर प्रदेश सभाबाट दुईतिहाइले पारित हुनुपर्छ।”

भोलि, १३ माघमा हुने नाम र राजधानीको टुंगो लगाउन गठित संसदीय समितिको बैठकमा अब नामका विषयमा सहमति जुटाउने प्रयास हुनेछ।

सभामुख यादवका अनुसार अहिले प्रस्तावमा आएका नामहरू मधेश, जानकी र मिथिला–भोजपुरा प्रदेश हुन्। यी नामहरूमा छलफल गरी सहमतिमा पुग्ने प्रयास गरिने उनको भनाइ छ।

“माघ महीनाभित्रै नाम र राजधानीको विषय टुंगिन्छ, त्यसपछि संसदबाट दुईतिहाइले पारित गर्न सहज हुनेछ”, उनले भने।

प्रतिक्रिया दिनुहोस्