कोरोना भाइरस परीक्षण अब नेपालमै
काठमाडौं। कोरोना भाइरसजस्ता संक्रामक रोगको नमूना परीक्षण गर्न ६ वर्षअघि ल्याइएको ल्याब बल्ल सञ्चालन हुने भएको छ।

सो ल्याब सञ्चालन गर्न आवश्यक पर्ने विशेष केमिकल राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु आइपुगेको छ।

विश्व स्वास्थ्य संगठनको आर्थिक र विश्व बैंकको आर्थिक तथा प्राविधिक सहयोगमा २०१४ मा ‘बीएसएल थ्री’ ल्याब नेपाल ल्याइएको थियो।

१० करोड रूपैयाँमा जडान गरिएको सो ल्याब सरकाले सञ्चालन गरेको थिएन। प्रयोगशालाकी निर्देशक डा. रुना झाले आजबाट ल्याब सञ्चालन हुने बताएकी छन्।

ल्याब सञ्चालनसँगै कोरोना भाइरस परीक्षण पनि नेपालमै हुने भएको छ।

कोरोना आशंका गरी टेकु अस्पतालले तीनजताको नमूना सो प्रयोगशालामा पठाइसकेको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ।

डा. झाका अनुसार रुघाखोकीका बिरामी पनि कोरोना भाइरस परीक्षण गरिदिनू भनेर आउन थालेका छन्।

सरकारले आपत्कालीन अवस्था भनेर परीक्षण शुल्क नलिने भएको छ। शुल्क अहिलेसम्म तोकिएको पनि छैन।

टेकु अस्पतालमा कोरोना भाइरसको आशंका गरिएका दुईजना बिरामी छन्।

४८ वर्षकी महिला बेइजिङबाट नेपाल आएकी हुन्। उनी ११ माघमा अस्पताल भर्ना भएकी हुन्।

त्यस्तै अर्का एक २२८ वर्षका पुरुष हङकङबाट फर्किएका हुन्।

उनलाई कोरोना भाइरसको आशंकामा १० माघमा ग्रान्डी अस्पतालले टेकु रेफर गरेको हो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्