काठमाडौं। चीनमा रहेका नेपालीलाई उद्धार गर्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले पहल शूरू गरेका छन्।
आवश्यक परे विमान चार्टर्ड गरेर पनि चीनको वुहानबाट नेपाली विद्यार्थीलाई उद्धार गर्न प्रधानमन्त्रीले मन्त्रीहरूलाई निर्देशन दिएका हुन्।
कोरोना संक्रमणबारे छलफल गर्न प्रधानमन्त्री ओलीले १२ माघमा उच्चस्तरीय बैठक बोलाएका थिए।
बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, पर्यटनमन्त्री योगेश भट्टराईका अतिरिक्त मुख्यसचिव, विभिन्न मन्त्रालयका सचिव र विभागका महानिर्देशकहरू सहभागी थिए।
संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकाका अतिरिक्त पोखरा, चितवन र लुम्बिनी क्षेत्रमा पनि उपचारको प्रबन्ध गर्ने, नाकाहरूमा थप सतर्कता अपनाउने एवं चीनमा रहेका नेपालीको उद्दार गर्न तयारी अवस्थामा बस्ने निर्णय भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए।
संक्रमण फैलिएको चीनको वुहान शहरमा ९६ जना नेपाली रहेको चीनस्थित नेपाली दूतावासले जानकारी दिएको छ।
उनीहरूलाई समूहमा हिँड्न नदिइए पनि एक्लै हिँड्न भने दिइएको जानकारी आएको सरकारका प्रवक्ता गोकुल बाँस्कोटा बताउँछन्।
“हामीले आवश्यक पर्दा एयर लिफ्टिङबाट उद्दार गर्ने विषयमा समन्वय गरिरहेका छौं”, मन्त्री बाँस्कोटाले भने।
आजको नयाँ पत्रिकामा समाचार छापिएको छ।
" /> काठमाडौं। चीनमा रहेका नेपालीलाई उद्धार गर्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले पहल शूरू गरेका छन्।आवश्यक परे विमान चार्टर्ड गरेर पनि चीनको वुहानबाट नेपाली विद्यार्थीलाई उद्धार गर्न प्रधानमन्त्रीले मन्त्रीहरूलाई निर्देशन दिएका हुन्।

">