सभामुख सापकोटाविरुद्धको रिटको सुनुवाइ आज
काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनको सुनुवाइ आज हुने भएको छ।

न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासमा १२ माघमा सो रिटको पेसी तोकिएको थियो।

तर, सर्वोच्च अदालतकोे न्यायाधीश हुनुअघि सापकोटा विरुद्धकै अर्को मुद्दामा कानून व्यवसायीको हैसियतले बहस गरेको हुनाले मुद्दा हेर्न नमिल्ने सूचीमा राखिएको थियो।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले १० माघमा दायर गरेको निवेदनमा नेकपाका नेता सापकोटालाई सभामुखमा निर्वाचन नगर्न माग गरिएको  थियो।

निवेदनमा सापकोटालाई सभामुखमा निर्वाचित गरिएमा पीडितको न्याय प्राप्तिको अधिकार कुण्ठित हुने एवं प्रतिनिधिसभा पूर्णरूपमा अमर्यादित हुने भई अपूरणीय क्षति पुग्ने जिकिर गर्दै निवेदनको अन्तिम टुंगो नलागेसम्म निजलाई कार्य नगर्न नगराउन अन्तरिम आदेशको माग गरिएको छ ।

प्रतिनिधिसभाले १२ माघमा सभामुखको निर्वाचन प्रक्रिया पूरा गरी सापकोटालाई सभामुखमा निर्वाचित गरिसकेको छ।

सो रिटको सुनुवाइ भने आजको लागि तय गरिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्