कोरोना भाइरसः अर्थतन्त्रमा सार्स महमारीले जस्तो गिरावट ल्याउला ?

काठमाडौं। ८० जनाको ज्यान लिइसकेको एउटा नयाँ भाइरससँग अहिले चीनले संघर्ष गरिरहेको छ। चीनका लागि यो गम्भीर मुद्दा बनेको छ।

विश्व स्वास्थ्य संगठनले यसलाई एउटा आपतकालिन अवस्था भनेको छ। यद्यपि बाँकी विश्वका लागि भने विश्व स्वास्थ्य संगठनले कुनै चेतावनी दिइसकेको छैन।

नयाँ भाइरसका कारण अन्तत: गम्भीर आर्थिक परिणाम निम्तिनेमा दुई मत छैन। तर, यसले निम्त्याउने आर्थिक परिणाम कति गम्भीर हुन्छ र यसको असर कहाँसम्म पर्नेछ भन्ने प्रष्ट भइसकेको छैन।

कोरोना भाइरसको संक्रमण फैलँदो क्रम यतिबेला सुरूआती चरणमै हुँदा अर्थतन्त्रमा हुनसक्ने क्षयबारे अर्थशास्त्रीहरूले विवरण दिइहालेका छैनन्।

चीनको पर्यटन व्यवसाय

विगतका यस्ता घटनाबाट भएका आर्थिक नोक्सानी नियाल्दा अर्थव्यवस्थामा कोरोना भाइरसले निम्त्याउने सम्भावित असरहरूबारे केही भन्न सकिन्छ।

त्यसका लागि सन् २००२-०३ मा फैलिएको सार्सको महामारी हेरे पुग्छ। जसको सुरूआत पनि चीनबाटै भएको थियो।

अहिले पनि चीनलाई केही आर्थिक नोक्सानी भएकै छ। देशका प्रभावित क्षेत्रमा यात्रा प्रतिबन्ध लगाइएको छ। जबकी अहिले चिनियाँ नयाँ वर्षको समय हो । र, यो समयमा चिनियाँहरू प्रशस्तै भ्रमण गर्छन्। चीनको पर्यटन व्यवसायमा धक्का पुगेको यसैले पनि प्रष्ट पार्छ।

यातायात क्षेत्र

कोरोना भाइरसका कारण मनोरञ्जन र उपहारमा उपभोक्ताले गर्ने खर्चमा पनि असर पुर्‍याउनेछ।

मनोरञ्जन क्षेत्रको कुरा गर्दा प्राय मानिसहरू घरबाट बाहिर निस्किएर यस्ता गतिविधिमा संलग्न हुने छैनन्, जसका कारण उनीहरूमा कोरोना भइरसको संक्रमणको खतरा होस्।

कयौं मानिसहरूले पहिले नै तय भइसकेका आफ्ना कार्यक्रमहरू रद्द गरिरहेकोमा कुनै शंका रहेन।

कोरोना भाइरसको संक्रमण फैलिएको वुहान शहर एउटा महत्वपूर्ण ट्रान्सपोर्ट हब हो। जसबाट पनि अवस्था कतिसम्म गम्भीर छ भन्ने अनुमान गर्न सकिन्छ। कुनै पनि कारोबारका लागि मानिसहरूको आवागमन र वस्तुको पैठारी आवश्यक हुन्छ। यस्तोमा यात्रामाथि नै लगाइएको प्रतिबन्ध ठूलो समस्या बनिदिन्छ।

यसबाट उद्योगको वितरण चक्र ९सप्लाई चेन० मा नै असर पर्छ र कुनै सामानको ढुवानीमा बाधा उत्पन्न हुन्छ भने कुनै सामाको मूल्य आकासिन्छ।

यदि मानिसहरूले कामका लागि यात्रा गरेनन् वा गर्न चाहेनन् भने यसबाट आर्थिक कारोबारमा हुने नोक्सानी छुट्टै छ।

बीमा क्षेत्र

कोरोना भाइरसबाट प्रभावित मानिसहरूको उपचारमा हुने खर्चको भार सरकारी र निजी क्षेत्रका स्वास्थ्य बीमा कम्पनीहरूले ब्यहोर्नुपर्ने हुन्छ। चीनभन्दा बाहिर कस्तो असर हुन्छ भन्ने चाहीँ त्यहाँ कोरोना भाइरसको संक्रमणको अवस्थाले निर्धारण गर्नेछ।

कोरोनाको महामारी अन्य कुनै ठाउँमा फैलँदा यसको असर त पक्कै पर्ने नै छ। तर यसको असर धेरै ठूलो परिमाणमा भने नहोला।

यो भाइरस कति सहज तरिकाले फैलन सक्छ र यसबाट संक्रमित हुने व्यक्तिको मृत्युको आशंका कुन हदसम्म हुन्छ, त्यो पनि अर्थव्यवस्थामा कोरोना भाइरसले पार्ने प्रभावको निर्धारक हुन सक्छ।

कोरोना भाइरसबाट संक्रमितहरू अधिकांशको स्वास्थ्यमा सुधार आउनु सुखद पक्ष हो। तर यसका दुखद अपवाद पनि छन्।

आर्थिक समस्याबारे प्रतिक्रिया दिन वित्तीय बजारले प्राय धेरै ढिला गरेको पाइँदैन।

किनभने यहाँ व्यापार गर्नेहरू भविष्यका घटनाक्रम अड्कलेर मात्र पाइला अघि बढाउँछन्।

भ्याक्सिनको विकल्प

कोरोना भाइरसको नकारात्मक असर विश्वको सेयर बजारमा पनि परेको छ। यसको असर सबैभन्दा धेरै चीनकै सेयरबजारमा परेको छ। तर, अहिले नै भने चिन्ताजनक अवस्था भइसकेको छैन। किनभने सांघाई कम्पोजिट इन्डेक्स पनि पछिल्लो ६ महीनाको रेकर्डभन्दा उच्च स्तरमा देखिएको छ।

चिन्तित तुल्याउने पक्षलाई छाडिदिने हो भने अर्थ व्यवस्थाको एउटा यस्तो क्षेत्र पनि छ जसका लागि यो एउटा अवसरको समय हो र यसबाट फाइदा हुन सक्छ। त्यो हो औषधि उद्योग।

कोरोना भाइरसबाट संक्रमित व्यक्तिको लागि उत्पादन गरिएको पहिलो औषधिले राम्रो काम गरिरहेको छ। यो औषधिको प्रयोगले कोरोना भाइरस संक्रमितहरूमा देखिने लक्षणमा सुधार आइरहेको देखिएको छ।

कोरोना भाइरसविरुद्ध लड्नका लागि समयक्रमसँगै भ्याक्सिन विकसित गर्न सकिए त्यो मुनाफाको कारोबार बन्न सक्छ।

जोनसन एण्ड जोनसनका प्रमुख वैज्ञानिक अधिकृत पल स्टोफेल्सले कोरोना भाइरसविरुद्धको भ्याक्सिन निर्माणका लागि गहन अध्ययन थालिसकेको जनाएका छन्। वर्षदिनभित्रमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन बनाउने पहल साकार हुन सक्ने स्टोफेल्सको अपेक्षा पनि छ।

कोरोना भाइरसबाट बच्न अहिले सर्जिकल मास्क र पन्जाको माग आकासिएको छ। यस्ता औषधि र सर्जिकल मास्क तथा पन्जा उत्पादन गर्ने चिनीयाँ कम्पनीहरुको स्टक भ्याल्यू तीब्र गतिमा उकासिएको छ।

सार्स महामारीको समय

कोरोना भाइरसविरुद्ध लड्ने सम्बन्धमा सार्स महामारीको घटनाको पाठ महत्वपूर्ण हुन सक्छ। सार्स महामारी फैलँदा विश्व अर्थ व्यवस्थामा करीब ४० अर्ब डलर नोक्सानी भएको अनुमान छ।

लन्डनस्थित कन्सल्टेन्सी फर्म क्यापिटल इकोनोमिक्सका अनुसार सन् २००३ को दोस्रो त्रैमासिकमा विश्वको विकास दरमा सार्सका कारण एक प्रतिशत गिरावट आएको थियो। जुन एउटा ठूलो गिरावट हो।

त्यस समय अर्थव्यवस्थामा गिरावट आउनुमा अन्य कारणहरू पनि थिए। त्यसबेला सार्स महामारीको रुपमा विश्वभर फैलिएको भए पनि सार्सकै कारण मात्र अर्थ व्यवस्थामा दुष्परिणाम निम्तिएको भन्न भने गाह्रो छ। बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्