काठमाडौं। नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेकी छन्।
सभामुख सापकोटाले शपथपछि कार्यभार सम्हालेलगत्तै चिनियाँ राजदूत यान्छी सिंहदरबारस्थित सभामुखको कार्यकक्षमै पुगेर भेटेकी हुन्।
भेटमा राजदूत यान्छीले सभामुख सापकोटालाई बधाई ज्ञापन गर्दै कार्यकाल सफलताको शुभकामना दिएको संसद सचिवालयले जनाएको छ।
“राजदूत यान्छी बधाई दिन आउनुभएको थियो। उहाँहरूबीच शुभकामना र बधाई साटासाट भयो”, संसद सचिवालयका एक अधिकारीले भने, “त्यो बाहेक अरु कुनै कुरा भएन।”
सापकोटालाई भेटेरै बधाई दिने यान्छी पहिलो विदेशी कूटनीतिज्ञक प्रतिनिधि हुन्।
सापकोटा १२ माघमा प्रतिनिधि सभाको सभामुखमा निर्विरोध निर्वाचित भएका थिए।
उनले आज बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग पद तथा गोपनियताको शपथ लिए।